
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साबिकको दिव्या लघुवित्त बित्तिय संस्थाका कर्मचारीको राजिनामा स्वीकृत नगरेको बारे अर्थ सरोकार डटकमले प्रकाशित गरेको समाचारमा ध्यानाकर्षण भएको बताउँदै दिव्यालाई प्राप्ति गरेको एनआरएन लघुवित्त बित्तिय संस्था लिमिटेडले साबिकको दिव्या लघुवित्त बित्तिय संस्थाका कर्मचारीको विषय आफ्नो सरोकारको विषय नरहेको दाबी गरेको छ ।
विज्ञप्तिको पहिलो बाक्य नै गलत छ । विज्ञप्तिमा काठमाडौँ महानगरपालिका वडा नम्बर २, लाजिम्पाट कार्यालय रहेको अर्थ सरोकार भनी उल्लेख गरिएको छ । जवकि यो ठेगाना अर्थ सरोकारको हुँदै होइन । स्थापना कालदेखि नै अर्थ सरोकार संचालक कम्पनी काठमाडौँ महानगरपालिका वाड नम्बर ३२, कोटेश्वरमा रहेको छ ।यो ठेगाना अर्थ सरोकार डटकममा पनि स्पष्ट लेखिएको छ । तर कुनै कम्पनीको ठेगानासमेत मनगणन्ते हिसाबले लेखेर भ्रम छर्न उद्धत एनआरएनको उक्त विज्ञप्तिमा सीइओ इन्द्र कुमार शाहले हस्ताक्षर गरेका छन् ।
https://arthasarokar.com/2020/08/exclusive-NRN.html
‘अर्थ सरोकारले समाचारमा दिव्याले गरेको कमजोरीमा एनआरएनको नाम आयो । त्यहि भएर हाम्रो स्पष्टीकरण पठाएका हौँ’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले निकै निकै गैरजिम्मेवार जवाफ दिंदै भने, ‘तपाईंहरुको ठेगाना किन गलत गयो थाहा भएन । कर्मचारीले लेखेको विज्ञप्तिमा मैले सहि गरेको हो । तपाईंहरुको ठेगाना कहाँ हो भन्ने मलाई थाहा छैन ।’
‘अनि थाहा नभएको कुरामा हस्ताक्षर गर्ने हो त ?’ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘अव सीइओले कहाँ सबै कुरा हेर्न भ्याउँछ र ?’
‘तपाईंहरुको समाचारमा मेरो कुनै गुनासो छैन । सबै कुरा ठिक लेख्नुभएको छ । दिव्याको कमजोरी लेख्नुभएको छ । तर दिव्याले राजिनामा स्वीकृत नगर्ने अनि एनआरएनको नाम जोडेको विषयमा मेरो असन्तुष्टि हो ।’ उनले भने ।
‘दिव्यामा राजिनामा स्वीकृत भएन । एनआरएन हुँदा पनि स्वीकृत भएन । दिव्यालाई प्राप्ति गरेपछि त्यसको जिम्मेवारी लिनु पर्दैन र ? डेपुटी सीइओले त कमजोरी भएको स्वीकार्नु भएको छ त’ हाम्रो प्रतिप्रश्नमा उनले भने, ‘डेपुटी सीइओले के भने त्यो मलाई थाहा छैन, तर एकै पटक १० वटा राजिनामा आएपनि म स्वीकृत गरिदिन्छु ।गुनासो बोकेर अर्थ सरोकार पुग्न सक्ने कर्मचारी गुनासो लिएर मकहाँ किन आउनुभएन भन्ने प्रश्न पनि हो मेरो। ‘
बाँकी विज्ञप्ति तल हेर्नुहोस् ।
र यो भिडियो पनि हेर्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्