×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरका प्रमुखसहितको टोलिद्वारा रानीपोखरीको स्थलगत निरीक्षण, २५ करोडमा पुनर्निर्माण सम्पन्न हुने (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

काठमाडौं महानगरका प्रमुखसहितको टोलिद्वारा रानीपोखरीको स्थलगत निरीक्षण, २५ करोडमा पुनर्निर्माण सम्पन्न हुने (भिडियो)

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो


काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामविर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहितको टोलिले रानी पोखरी पुनर्निमार्णको स्थलगत निरीक्षण गरेको छ । शुक्रबार सहरी विकास राज्यमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख सहितको टोलिले रानीपोखरी पुनर्निमार्णको निरीक्षण गरेको हो । निरिक्षणका क्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले कोभिड महामारी कायम रहेपनि रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरिने बताउनुभयो । उहाँले रानीपोखरी ऐतिहासिक, सांस्कृतिक, पुरातत्विकसँग मात्र नजोडिएर प्रेम काहानीसँग समेत जोडिएकाले काठमाडौंबासिको गौरव र जीवनसँग जोडिएको बताउनुभयो । रानीपोखरीको पुनर्निर्माणलाई महत्व दिएर काम गर्न आग्रह गर्दै कुनै समस्या भए मन्त्रालयबाट सक्दो सहयोग हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 
रानीपोखरी निर्माणका क्रममा सुरुमा विवाद आएपछि पुनर्निमाण प्राधिकरणमार्फत उपभोक्ता समितिले कामको जिम्मा लिएको थियो । महानगरपालिकाका मेयर शाक्यले विज्ञ टिमको सुझाव अनुसार प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरी रानीपोखरी बनाउने प्रतिवद्धता जनाई उपभोक्ता समिति मार्फत काम गराइएको बताउनुभयो । उपभोक्ता समितिले स्थानीय स्तरमा देखिएका विवादहरुलाई समाधान गर्दै कामलाई अगाडि बढाउँदा केही ढिलाई भएपनि अपेक्षा गरिए अनुसार नै काम भएको मेयर शाक्यले बताउनुभयो । 
रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले पनि स्थानीय स्तरमा देखिएको विवादका कारण निर्माणमा केही ढिलाइ भएको बताएको छ । समितिका अध्यक्ष अजय स्थापितले आफुहरुको यस काममा अनुभव नभएपनि स्थानीय स्तरमा देखिएका समस्या र अवरोधलाई मिलाउँदै कामलाई अगाडि बढाइएको बताउनुभयो । 
समितिका सचिव रोशन तुलाधरले करिब २५ करोड रुपैयाँ बराबरको बजेटबाट रानीपोखरीको पुनर्निर्माण सम्पन्न हुने बताउनुभयो । 
यसअघि रानीपोखरीको पुनर्निमार्णको काम महानगरपालिकाले आफै गर्दा यसको शैली र पुरातत्व विगारेको भन्दै विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत उपभोक्ता समितिले काम सुरु गरेको हो । तर निर्धारित समयमा भने काम सम्पन्न हुन सकेन । पछिल्लो समय कोभिड १९ का कारण देशभर लकडाउन हुँदा पुनर्निर्माणको काम केही प्रभावित भएको थियो । तरपनि लकडाउन खुकुलो भएसँगै कामलाई निरन्तरता दिन सक्दा पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिले बताएको छ । रानीपोखरीको पुनर्निमार्ण परम्परागत शैली र मौलिकता संरक्षण गरी प्रताप मल्लकालीन शैलीमा पुनर्निमार्ण भएको हो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: