×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनर्बीमा कम्पनीद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफासहित कस्तो छ अन्य सुचकको अवस्था ?

अर्थ सरोकार

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार

PRIME CA

पुनर्बीमा कम्पनीद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफासहित कस्तो छ अन्य सुचकको अवस्था ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले उक्त अवधिसम्म ९१ करोड ६१ लाख ५५ रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  जुन नाफा अघिल्लो वर्षको भन्दा २.७८% ले धेरै हो । 
अघिल्लो आर्थिक वर्षमा पुनर्बीमा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट८९ करोड १३ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब ६२ करोड ८४ लाख ५० हजार रुपैयाँ र जीवन व्यवसायबाट ३१ करोड २२ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । जसमा कम्पनीले कुल ४ अर्ब ९४ करोड ७ लाख २ हजार रुपैयाँ बिमा शुल्क संकलन  गरेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ३ अर्ब २५ १७ लाख ५३ हजार र जीवन व्यवसायबाट २९ करोड ७४ लाख ५५ रुपैयाँ गरी ३ अर्ब ५४ करोड ९२ लाख ८ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको थियो । अहिले कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । यद्यपि कम्पनीले तेस्रो त्रैमासको रिपोर्टमा ८ अर्ब ४० करोड पुँजीलाई नै आधार मानेर वित्तीय विवरण सार्वजनिक गरेको छ । यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ७९ करोड रुपैयाँ छ । बिमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ जम्मा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: