×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ दिउँसो २ बजे बाँडफाँट हुने, सेयर हात पार्न भने भाग्यकै भरपर्नु पर्ने !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलले आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो २ बजे संस्थाको आइपीओ बाँडफाँट हुने जनाएको हो । 
संस्थाको आइपीओमा मागभन्दा १४८.२३ गुणा बढी आवेदन परेको हुनाले उक्त आइपीओ हात पार्न भने भाग्यकै भरपर्नु पर्ने भएको छ । आइपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसअनुसार ८ हजार ७० जनाले मात्रै सेयर पाउने छन् ।  अन्य ५ लाख ५५ हजार ९२८ आवेदकको  भने हात खाली हुनेछ । 
संस्थाको आइपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको छ । समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: