×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहरकैबीच टेबल टेनिस अभ्यासमा फर्किंदै, भिडियोमा हेर्नुहोस् लैनचैरमा देखिएको अभ्यासको माहोल ! (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोरोना कहरकैबीच टेबल टेनिस अभ्यासमा फर्किंदै, भिडियोमा हेर्नुहोस् लैनचैरमा देखिएको अभ्यासको माहोल ! (भिडियो रिपोर्ट)

Artha Sarokar

२१ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि जुरमु¥याउन थालेका छन् । फुटबल विश्वकप छनोटका लागि खेलाडीलाई क्वारिन्टिनमा राखिसकेको छ भने ब्याड्मिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ । बुधबारबाट टेबल टेनिसले पनि समूह समूहमा खेलाडीलाई अभ्यास गराउन थालेको छ । 
करिब चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबल टेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका छन् । कोरोना महामारीका कारण गत चैत ११ गतेबाट जारी भएको लकडाउनका कारण सम्पूर्ण खेलकुद गतिविधिहरु ठप्प भएका थिए । बुधबारबाट लैनचैर स्थित टेबल टेनिस कोर्टमा टेबल टेनिसको अभ्यास सुरु भएको छ । नेपाल टेबल टेनिस संघले खेलाडीलाई समूह समूहमा विभाजन गरी अभ्यास थालेको नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दा राजवैद्यले बताउनुभयो । अहिले १६ जना खेलाडीहरुका लागि अभ्यास सुरु गरिएको उहाँले बताउनुभयो । 
बुधबारबाट सुचारु भएको अभ्यासमा पहिलो दिन थोरै मात्र खेलाडी अभ्यासमा देखिएका थिए । यद्यपि उपस्थित खेलाडी खुसी देखिन्थे । फिटनेस र अभ्यासको आवश्यकता ठानेका खेलाडी, संघले गरेको निर्णयमा खुसी त छँदै छन् संघले चालेको कदममा उत्साहित पनि थिए । विश्व नै कोरोनासँग जुधिरहेका बेला स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खेलाडीहरु अभ्यासमा फर्किन पाउँदा खुसी देखिन्थे ।
खेलकुद क्षेत्र ठप्प प्राय भइरहेको अवस्थामा नेपाल टेबल टेनिस संघले खेलाडीलाई अभ्यासमा बोलाएको पहिलो दिन केही खेलाडीले अभ्यास गरेका थिए । महामारीले नराम्रो सँग असर पारेको खेलकुदमा सावधानी अपनाउँदै खेलाडीलाई प्रशिक्षण सुरु गरिएको टेबल टेनिस संघका मुख्य प्रशिक्षक सञ्जीव ढुंगेलले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएका आवश्यक स्वास्थ्य सामग्रीको सहयोगमा खेलाडीहरुको ज्वरु नाप्ने, स्यानिटाइजर प्रयोग गरेर अहिले केही सीमित खेलाडीहरुका लागि अभ्यास सुरु भएको उहाँले बताउनुभयो । 
ब्याडमिन्टन, कराते, फुटबल बाहेक अन्य खेलले अहिलेको अवस्थामा अभ्यास थाल्ने शुभसाइत कुरिरहेका छन् । क्रिकेटका केही खेलाडीले आफू अनुकुल कीर्तिपुरमा अभ्यास गरिरहेका छन् भने केही समूह गतका खेलले भदौ पहिलो साताको समय पर्खिरहेका छन् । तर काठमाडौ उपत्यकामा पछिल्लो दिन यता बढेको संक्रमणले थप अन्योलता भने थपेको छ । हेनुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी