
- अर्थ सरोकार सम्बाददाता
तनहुँ । तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टी भएको थियो । त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टी भएको थियो ।
आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । कन्ट्याक्ट ट्रेसिङबाट १ सय २७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । भानु नगरपालिकामा समुदायका व्यक्तिमा कोरोना फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्