Skip to content
LAXMI SUNRISE BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडका ३ कर्मचारीमा कोरोना संक्रमण, बैंकको शाखा सिल, संक्रमितको अवस्था कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
तौलिहवामा रहेका तिनाउ मिसन डेभलोपमेन्ट बैंकका ३ कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टी भएको छ । एकै शाखाका ३ कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको हो ।
यस्तै तौलिहवामै रहेको मेगा बैंक नेपाल लिमिटेड र लक्ष्मी बैंक लिमिटेडका १-१ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यता एभेरेष्ट बैंक लिमिटेडका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएको छ। कपिलबस्तु स्थित एभरेष्ट बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि बैंक सिल गरिएको छ । य यस्तै कपिलबस्तुमै नेपाल बैंक नेपाल लिमिटेडका २ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
‘संक्रमित कर्मचारीलाई छुट्टै आईसोलेट भएर बस्न भनेका छौं । विशेषगरी लोन, र क्यासमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘अहिले शाखा पनि पूर्ण रुपमा बन्द गर्न निर्देशन गरेका छौं । अव स्थिति सामान्य नभएसम्म बैंक खुल्दैन।’ 
यस्तै मेगा बैंक नेपाल लिमिटेडका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । कपिलबस्तुस्थित मेगा बैंक नेपाल लिमिटेडको एक शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । 
यस्तै कपिलबस्तुमै ग्लोबल आइएमइ बैंकका ३ कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । मेगा बैंक र कृषि बिकास बैंक लिमिटेडमा यसअघि पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । 
यसअघि नबिल बैंक लिमिटेड, इटहरी, नेपाल बंगलादेश बैंक लिमिटेड, बिरगंज, मेगा बैंक लिमिटेड धादि, सेन्चुरी कमर्सियल बैंक लिमिटेड अछाम, प्रभु बैंक लिमिटेड सिमरा, गरिमा बिकास बैंक लिमिटेड रुपन्देही, कृषि बिकास बैंक लिमिटेड गुल्मी, राष्ट्रिय बाणिज्य बैंक लिमिटेड कपिलबस्तु लगायतका बैंकहरुमा पनि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । 
पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुने क्रम बढिरहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK