×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष ईश्वर पोखरेलका सम्धीले पड्काए, यस्तो छ उनको विवादित विगतको रामकहानी !

PRIME CA
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष ईश्वर पोखरेलका सम्धीले पड्काए, यस्तो छ उनको विवादित विगतको रामकहानी !

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददात
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कुमार कोइराला नियुक्त भएका छन् । उनलाई सरकारले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरेको हो । कोइराला उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुन् । अर्थात् छोराका ससुरा हुन् ।  
बैंकका यसअघिका अध्यक्ष  निर्मलहरि अधिकारी राजश्व बोर्डमा गएपछि बैंकको अध्यक्षमा कोइरालालाई  नियुक्त गरिेएको हो । यसो त बैंकको नेतृत्वमा नातावाद र सम्बन्धका आधारमा उनलाई लागिएको भन्दै धेरै असन्तुष्टि जनाएका छन् । कोइरालाका यसअघिका नियुक्ति र उनका कामहरु पनि विवादित छन् । उनी २०६२/६२ पछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए । सोही बेला कोइराला झन् विवादित भएका थिए । गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो 
त्यसबेला गुणस्तरहीन उत्तर पुस्तिका खरिद गरेर भ्रष्टाचार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । यो विषयमा सार्वजनिक लेखा समितिले छानविन गरेपछि उनले राजीनामा दिएका थिए । मध्यपश्चिमाञ्चल विश्व विद्यालयको उपकुलपति हुँदा पनि उनीविरुद्ध आर्थिक अनियमितताको आरोपमा अख्तियारमा उजुरी नै परेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: