×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ३८ लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या करिब दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख २३ हजार ३ सय ९७ पुगेको छ । त्यस्तै, मंगलबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख १७ हजार २ सय ११ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६३ लाख ७० हजार १ सय १६ नाघेको छ ।
चीनको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ । अमेरिकामा मात्र एक लाख ८१ हजार १ सय १४ जनाले ज्यान गुमाइसकेका छन् । सोमबार मात्रै अमेरिकामा चार सय ९३ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै, ब्राजिलमा एक लाख १५ हजार चार सय ५१ जनाको मृत्यु भएको छ । सोमबार ब्राजिलमा कोरोनाबाट ६ सय ७९ जनाले ज्यान गुमाए । भारतमा ५८ हजार पाँच ७० जनाले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् । सोमबार भारतमा कोरोनाबाट आठ सय ५४ जनाले ज्यान गुमाए ।
आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १८ हजार आठ सय ६ जनाले कोरोना जितेका छन भने एक सय ५७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: