×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरमा भ्वाङ पर्दा पोखराको पिपलडाली र चौताराका घर परिवार समस्यामा, सहयोगका लागि छलफल हुँदै ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

घरमा भ्वाङ पर्दा पोखराको पिपलडाली र चौताराका घर परिवार समस्यामा, सहयोगका लागि छलफल हुँदै ! (भिडियो रिपोर्ट)

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
पोखरा । अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा पाँच घर परिवार विचलीमा परेका छन् । मानविय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन । 
सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासि ठुलो भ्वाङ परेको स्थानीयले बताएका छन । मङ्गलवार बिहान भुवाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताउनुभयो । घर क्षति भएपनि ज्यान जोगाउन सकिएको उहाँको भनाई छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उहाँले बताउनुभयो ।
पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताउनुभयो । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
प्राकृतिक विपतीले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन् । घर, सडक, पुल, नहर लगायतका स्थानहरु बढी भासिने गरेकोले त्यो समस्या समाधानका लागि आवश्यक योजना बनाएर अगाडी बढ्ने पोखरा महानगरपालिकाले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: