×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बत्ती बिग्रिएपछी जुम्लाबासी अँध्यारोमा बस्न बाध्य, व्यापारीद्वारा विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बत्ती बिग्रिएपछी जुम्लाबासी अँध्यारोमा बस्न बाध्य, व्यापारीद्वारा विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जुम्ला । सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युतगृह जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुई हप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो । 
पहिला एक दिन आउने एक दिन नआउने गरिरहेको बत्ती दुई सातादेखि आउनै छाडेपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन् । लकडाउन र बन्दाबन्दीले छ महिनादेखि आम्दानी गुमेको बेला बन्दाबन्दी खुल्दा बत्ती नभएर दोहोरो मारमा परेको उद्योगी व्यापारीको भनाइ छ । करिब तीन हजार ३०० उपभोक्ता दैनिक टुकी र मैनबत्ती बालेर गुजारा चलाइरहेका छन् ।
मङ्गलबार जुम्लाका उद्योगी व्यापारीले विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’ दिएका छन् । व्यापारीहरूले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई जुम्लामा सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन् । उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जबअलि मनिहार, नेपाल घरेलु तथा सना उद्योग महासङ्घ जुम्लाका अध्यक्ष रामकृष्ण चौलागाईँ, नागरिक समाजका अध्यक्ष राजबहादुर महतद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्राधिकणमा बुझाइएको हो ।
ज्ञापनपत्रमा प्राधिकरण आउनुपहिले उपभोक्ता समितिले गरेको आर्थिक गतिविधिको सार्वजानिक सुनुवाइ हुनुपर्ने, एक हप्ताभित्र नियमित बत्ती आउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ । यता नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता समितिले जडान गरेको उपकरणमा प्राय समस्या आइराख्ने गरेकाले उपभोक्ताको माग अनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बताएको छ । 
उपकरणको पिएलसी सफ्टवेयरमा आएको समस्याका कारण खलङ्गामा भएको लोडसेडिङलाई कम गर्न प्राधिकरणको सिङ्गो टिम लागि परेको प्राधिकरणका जुम्ला प्रमुख गौरव पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयोे, “आम सरोकारवालाको सहयोग पाएको खण्डमा आउने तीन/चार महिनाभित्रै राष्ट्रिय प्रसारण लाइन जुम्लामा जोड्न सकिने अवस्था छ ।” -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: