Skip to content
LAXMI SUNRISE BANK

नियम उल्लंघन गर्नेको पहिलो नम्बरमा सरकारी यातायात, ट्राफिक भन्छन्- ‘बोल्यो कि समस्यामा पार्छन्…’ (फोटो-कथा)

अर्थ सरोकार

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम प्रदेश 
धनगढी । कोरोना भाइरसको संक्रमणकका कारण बन्द रहेका यातायात सञ्चालन हुन थालेपछि चहलपहलमा पनि वृद्धी भएको छ । लामो समयदेखी बन्दाबन्दीको मारमा परेका यातायात व्यवसायीलाई सहज हुनेगरी सरकारले छोटो, मध्यम तथा लामो दुरीका सवारी सञ्चालन गर्नेगरी निर्णय गरेसँगै सवारी चाप पनि त्यत्तिकै मात्रामा बढेको हो ।
धनगढीका सडकमा सवारी चाप बढेसँगै दुर्घटनाको जोखिम पनि बढेको भन्दै ट्राफिक प्रहरी यतिबेला नियम सिकाउनमा व्यस्त देखिन्छन् । निर्माणाधिन मोहोना अत्तरिया ६ लेन सडकमा जथाभावि सवारी पार्किङ्ग र सवारी गुड्न थालेपछि ट्राफिक प्रहरीको सक्रियता पनि बढेको छ । 
यसो त विगतदेखी नै पार्किङ्गको समस्या रहेको धनगढीमा यतिबेला सरकारी यातायातको पनि मनोमानि बढेको छ । धनगढीका अधिकांश निषेधित क्षेत्रहरुमा सरकारी नम्बर प्लेट भएका सवारी साधनको पार्किङ्ग देखिने गर्दछन् । डिउटिमा खटिएका एक ट्राफिकले भने, ‘अहिले केहि गर्यो भने मन्त्रीका पावर लगाएर उल्टै हामीलाई अप्ठ्यारोमा पर्छन तर सबैभन्दा बढी निमय उल्लंघन गर्नेमध्ये यिनै पर्दछन् ।’ धगनढीमा पार्किङ्ग निषेधित क्षेत्रबाट सवारी हटाउँदै ट्राफिक प्रहरी ! हेर्नुहोस् फोटो फिचरमा…


Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK