
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार (भदौ २८ गते)पछि सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल सकिन लागेको हो ।
उनको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने चौतर्फी चासो बढेको छ । यद्यपि घिसिङलाई नै दोश्रो कार्यकालका लागि प्राधिकारणको प्रमुखमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने बुझिएको छ । यता सम्पूर्ण नेपालीले पनि उनलाईनै नियुक्त गर्नुपर्ने आवाज उठाईरहेका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने शुक्रबार अर्थात् आजसम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार अब छिट्टै कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु हुनेछ । १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन जनस्तरबाट सरकारमाथि दबाव छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्