काठमाडौँ । हिम पर्वत हाइड्रोपावरले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले मंसिर १८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेको कम्पनीले अब भने सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ जारी गर्न लागेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले प्रभावित क्षेत्रका स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरिसकेको छ ।
त्यस्तै, कम्पनीले २ लाख ११ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरिसकेको छ भने आफ्ना कर्मचारीका लागी १ लाख २६ हजार ७ सय ५० कित्ता सेयर सुरक्षित राखेको छ ।
अब भने कम्पनीले दोस्रो चरणमा ३४ करोड ६४ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यका ३४ लाख ६४ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न लागेको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा मंसिर २३ र ढिलोमा पुस ३ गतेसम्म दिनुपर्नेछ ।
आईपीओ निष्कासनका लागि कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्