- अर्थ सरोकार सम्बाददाता
रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्षसहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । अध्यक्ष गोबिन्द बहादुर खड्कासहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
उनी शरिर बन्धक वनाई जवरजस्ती चेकमा हस्ताक्षर गराएको अभियोगमा बिगत एक महिना देखि प्रहरी हिरासतमा रहेका छन् । अध्यक्ष खड्कासंगै प्रहरी हिरासतमा रहेका अर्का एक जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत दुई प्रहरी र एकजना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टी भएको बताइएको छ । यस्तै मन्थली नगरपालिका वडा नम्बर २ टेकनपुरकी महिला छन् ।