Skip to content
LAXMI SUNRISE BANK

नेपाली बैंकिङ क्षेत्रमा नौलो प्रयोग : नबिल बैंकले नेपालमै पहिलाेपल्ट सुरु गर्यो फोनबाटै ऋण लिने सुविधा !

अर्थ सरोकार

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । याेसँगै नबिलकाे तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने छन् ।

यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएकाे छ ।

यो सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने बैंकले जनाएकाे छ ।

फोन लोनका विशेषताहरु
– कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स
– ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै – ग्राहक आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।
– इन्स्ट्यान्ट लोन
– बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने ।
– बिना धितो ऋण पाइने
– ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने
– सुक्ष्म ऋण
– यस योजना अन्तर्गत एक लाखसम्म ऋणको सुविधा लिन सकिने

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल केशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रकृया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकले मनपराउने बताए । उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरवको विषय हो ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK