Skip to content
LAXMI SUNRISE BANK

स्वास्थ्य मन्त्रालयद्वारा कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रम आयोजना, दिईयो यस्तो सुझाव ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको छ । उपत्यका लगायत देशका अन्य स्थानमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि आज मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको हो । काठमाडौं ललितपुर र भक्तपुर जिल्लाका विभिन्न १० रुटमा मन्त्रालयले जनचेतनामुलक कार्यक्रम गरेको हो । ‘कोरोनालाई परास्त गरौँ’, ‘स्यानिटाइजर मास्क प्रयोग गरौँ’, ‘भौतिक दुरी कायम गरौ’ भन्ने नाराका साथ माईतीघरबाट कार्यक्रमको सुभारम्भ गरिएको थियो । 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाड नगर्न आग्रह गर्ने, केही मान्छे भेला भएको ठाउँमा गएर २ मिटरको दुरी कायम राख्न आग्रह गर्ने, मास्क लगाउन आग्रह गर्ने गरी जनचेतना जगाउन कार्यक्रम आयोजना भएको बताउनुभयो । 
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्र श्रेष्ठले कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने एकिन नभएको अवस्थामा बेलाबेलामा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, स्वास प्रस्वासबाट कोरोना सर्न सक्छ भन्ने कुरालाई मध्यनजर गर्दै व्यक्ति दुरी कायम गर्नुपर्ने बताउनुभयो । ललितपुरको पाटनमा दुर्भाग्यपूर्ण घटना भएको स्मरण गर्दै उहाँले आगामी दिनमा त्यस्ता घटना नहुन भनेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म २ सय ७१ जनाको मृत्यु भएको छ ४४ हजार २ सय ३६ जनामा संक्रमण पोजेटिभ हुँदा २५ हजार ५ सय ६१ जना निको भएर घर फर्किएका छन । हेर्नुहोस् भिडियो :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK