×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्पनी रजिस्ट्रारको कार्यालयले सेवाग्राही रुवायो, ‘सर्भर नचलेर ढिलो हुँदासमेत जरिवाना तिराएर डुबायो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कम्पनी रजिस्ट्रारको कार्यालयले सेवाग्राही रुवायो, ‘सर्भर नचलेर ढिलो हुँदासमेत जरिवाना तिराएर डुबायो’

Artha Sarokar

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर डाउन भएको छ । प्राइभेट लिमिटेड र पब्लिक लिमिटेड कम्पनी दर्ता गर्ने एक मात्रै निकाय कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर डाउन हुँदा सेवाग्राहीले समस्या भोग्नु परेको छ । यसो त कम्पनीको सर्भर धेरैजसो डाउन अवस्थामै हुने गर्दछ । ७७ जिल्लाकै मानिसले प्राइभेट लिमिटेड वा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्न चाहे राजधानी काठमाडौँ नै आउनुपर्ने बाध्यता छ । 
तर यहाँसम्म आउँदा पनि उनीहरुका काम समयमै सपन्न हुन सकेका छैनन् । यहाँ दर्ता हुने प्राइभेट लिमिटेड रपब्लिक लिमिटेड सबै कम्पनीले कम्पनी ऐनले निर्दिष्ट गरे बमोजिमका कागजातहरु तोकिएको समय भित्र सो वेबसाइटमार्फत लगइन गरेर अनलाइन पठाउनुपर्ने हुन्छ तर वेबसाइट (सर्भर) नै चल्दैन । जसका कारण सेवाग्राहीहरुले ढिला भएका कारण जरिवाना तिर्नुपर्ने अवस्था पनि छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी