×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘असई हत्या प्रकरण’, हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन, १२ तस्विरमा हेर्नुहोस् क्षणभरमै यस्तो बन्यो धनगढीको माहोल ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढीमा असई हत्या प्रकरणमा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ । प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको हो ।
बिकको विभत्स हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने, मृतकका परिवारको भरण पोषणको जिम्मा सरकारले लिनुपर्ने लगायतका नारासहित सोमबार धनगढी बजारमा स्थानियले प्रदर्शन गरेका हुन् । 
गस्तीमा गएका बेला वेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिक आईतबार बिहान मृत अवस्थामा मोहोना खोला किनारमा फेला परेका थिए । उनको घाँटी र गर्धन रेटिएको थियो भने बिकसँगै गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको छ । मृतकका आफन्तले प्रदर्शन गर्दै धनगढी बजार बन्द गराएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: