×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या !

Artha Sarokar

१५ कार्तिक २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्। सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेलले आत्महत्या गरेका हुन् । २७ असोजकाे साँझपख ३५ वर्षीय पौडेलले पेप्सीकोलाको आफ्नो निवासमै पासो लगाएर आत्महत्या गरे । प्रहरीका अनुसार अपरान्ह साढे ४ बजे पौडेल मृत भेटिएका थिए । कमाउने मुख्य व्यक्ति नै नरहेपछि दसैँ मात्र खल्लो रहेन, जीवन नै अप्ठेरोमा धकेलिएको छ । उनका सात वर्षका छोरा र १० वर्षकी छोरी छन् ।

चीनबाट नेपाल सामान आपूर्ति गर्ने व्यावसायी हुन् पौडेल । सात वर्षदेखि यो व्यवसायमा लागेका उनी पछिल्लो समय व्यापारमा राम्ररी जमिरहेका थिए । तर विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीसँगै नेपाल–चीन सीमानाका बन्द भएपछि धेरै व्यावसायीलाई झैँ पौडेललाई पनि प्रतिकूल बन्दै गयो । लामो समयसम्म नाका नखुल्दा व्यापार चौपट बन्दै गयो ।

प्रहरीका अनुसार पौडेलको आर्थिक व्यवहार बिग्रिएको अनुसन्धानबाट खुलेको छ । पौडेलको आत्महत्याको कारण यही हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘तर ठ्याक्कै यही कारण हो भन्ने निचोडमा भने पुग्न सकिएको छैन,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक प्रहरी अधिकृतले भने, ‘परिवारले समेत आत्महत्याबारे बाहिर नभन्न हामीलाई भनेको छ । मोबाइलको फरेन्सिक परीक्षणपछि थप खुल्नेछ । त्यसको रिपोर्ट आएको छैन ।’ प्रहरीले पौडेलको ऋण भएको तथ्य फेला पारे पनि त्यसको आकार भने पत्तो पाउन सकेको छैन ।

कोभिड–१९ को संक्रमणपछि भने गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गर्‍यो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएको थियो । त्यसबेला तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किए ।ती सामान अहिलेसम्म कुन हालतमा पुगे भनेर अनुमान मात्र गर्न सकिन्छ । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी