Skip to content
LAXMI SUNRISE BANK

नेताहरुलाई होली वाइन खुवाएर विवादित बनेका कट्टर क्रिश्चियन एक नाथ ढकाल दुर्गा भवानीको शरणमा, उनका फलोअरहरुनै ट्वाँ !

अर्थ सरोकार


काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओली देखि सत्तारुढ दलका प्रभावशाली नेताहरुलाई समेत भेला गरेर युनिभर्सले पिस फेडरेशन आयोजक बनेको सम्मेलनमा नेताहरुलाई होली वाइन खुवाउने मुख्य योजनाकार एकनाथ ढकालले सोर्ह श्राद्धमा श्रद्ध गरेको खबर सेलाउन नपाउँदै उनले दशैंसमेत धुमधामले मनाएको र दुर्गा भवानीको शरणमा पुगेको घटना बाहिरिएको छ ।

नेपाल परिवार दल खोलेर दुईपटक सभासद समेत बनेका ढकाल मन्त्री बनिसकेका व्यक्ति हुन् । नेपालमा क्रिश्चियन धर्म फैलाउन पैसा खाएको आरोप लागेका उनले केहि समयअगाडी सोह् श्राद्धमा ढकालले पितृपूजा पनि गरेका थिए । गोरखा घर भएका ढकाल युनिभर्सल पिस फाउण्डेशनमा आवद्ध छन् । उनी यही संस्थामार्फत् विदेश ओहोरदोहोर गर्छन् र अरुलाई पनि गराउँछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK