×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनाङको स्याउ काठमाडौँमा, चाइनिज स्याउभन्दा सस्तो पनि, मिठो र स्वस्थबर्दक पनि, सक्कली कसरी चिन्ने ? (भिडियो)

PRIME CA

मनाङको स्याउ काठमाडौँमा, चाइनिज स्याउभन्दा सस्तो पनि, मिठो र स्वस्थबर्दक पनि, सक्कली कसरी चिन्ने ? (भिडियो)

२ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
An apple a day, keeps the doctor away… 
अर्थात दिनको एक दाना स्याउ खाने हो भने ज्यान स्वस्थ हुन्छ … तर विशेषगरी सहरमा बस्नेहरुले र त्यसमा पनि काठमाडौँबासीले स्वस्थकर स्याउ भन्दा पनि चाइनाबाट आयातित स्याउ उपभोग गर्न बाध्य भएका थिए । अव भने मनाङको स्याउ काठमाडौँ आइपुगेको छ । मनाङको भर्ताङमा रहेको एग्रो मनाङले उत्पादन गरेको स्याउ ‘हिमालयन फ्रेश ब्राण्डको रुपमा काठमाडौं आइपुगेको हो । 
हिमालयन फ्रेस’ ब्राण्डको स्याउको एकमात्र आधिकारिक बिक्रेता जिके एण्ड सन्स एग्रोले एग्रो मानाङले उत्पादन गरेको स्याउ काठमाडौँ ल्याएको हो । तीन हजार मिटर उचाईमा उत्पादन भएकोले यो स्याउ निकै स्वादिलो हुन्छ । बिशेषगरी ४ प्रजातिका स्याउ अहिले सीतापाइलास्थित कोल्ड स्टोरमा राखेर विक्री वितरण गर्न थालिएको छ । सितापाइलास्थित कोल्ड स्टोरमै गएरसमेत यो स्याउ किन्न सकिन्छ भने भाटभटेनी, बिगमार्टजस्ता डिपार्टमेन्ट स्टोर र ठूलो अर्गानिक पसलहरुमा समेत यो स्याउ उपलब्ध छ। 
मनाङबाट ल्याइएको स्याउमा चिनियाँ स्याउमा जस्तो कुनै पनि केमिकल प्रयोग गरिएको हुँदैन भने यो स्याउ बजारमा पाइने अन्य स्याउहरुभन्दा सस्तो पनि छ । हिमालयन फ्रेस ब्राण्डको यो स्याउ अर्डर गर्नेका लागि जिके एण्ड सन्स एग्रोले होम डेलिभरीको समेत व्यवस्था गरेको छ। होम डेलिभरीको भने डेलिभरी गरिदिने पठाओले लिने शुल्क अतिरिक्त लाग्नेछ । 
अर्ग्यानिक स्याउ, खाँदा पनि मिठो हुने, केमिकल पनि नभएको हुनाले स्वासथ्यका लागि पनि फाइदा जनक, सस्तो पनि र आफ्नै देशको उत्पादन पनि भएकाले अन्य स्याउ खपत गर्नुभन्दा हिमालयन फ्रेश स्याउ नै खाँदा पक्कै पनि हितकारी देखिन्छ। 
हेर्नुहोस् भिडियो रिपोर्ट:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: