
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसको तर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
अडानले लेखाव्यवसायसंग सम्बन्धित लेखापरीक्षक एबं लेखाव्यबसायीहरुको हितका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्