
लहान । चाडपर्वको मौकाछोपी कालोबजारी भइरहेको जनगुनासोपछि सिरहामा खाद्यान्न तथा मिठाइ पसलहरुको संयुक्त अनुगमन शुरु गरेको छ । कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न तथा सरल र सहजरूपमा उपभोक्ताले उपभोग्य सामग्री पाउन सक्ने उद्देश्यले सिरहा र सप्तरी जिल्लाको प्रमुख बजारहरुमा रहेको खाद्यान्न तथा मिठाइ पसलहरुको अनुगमन शुरु गरेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा लहानमा थालिएको अनुगमनका क्रममा लहान नगरभित्र एक दर्जन किराना पसल तथा मिठाइ पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलहरुबाट ठूलो मात्रामा म्याद गुज्रेका फ्रुटी, बदाम जुस, बिस्कुट, चाउचाउ, मसलालगायतका सामान बरामद गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिनुभयो ।
पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रयोगलगायतमा अनुगमन केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो । पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलहरुमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्य वस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उहाँले जानकारी दिनुभयो । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारवाही गरिने उहाँको कथन थियो । सिरहाको लहान, धनगढी, गोलबजार, मिर्चैयालगायतका मुख्य शहरमा पनि बजार अनुगमन गरिने प्रमुख सिंहले बताउनुभयो । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्