×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानसेनापति थापा र भारतीय सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता सुरु, जङ्गीअड्डामा नरवणेले रोपे ओखरको बिरुवा

PRIME CA

प्रधानसेनापति थापा र भारतीय सेनाअध्यक्ष नरवणेबीच द्विपक्षीय वार्ता सुरु, जङ्गीअड्डामा नरवणेले रोपे ओखरको बिरुवा

२० कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको छ । सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले यस अवसरमा सैनिक टुकडीबाट प्रस्तुत सम्मान गार निरीक्षण गर्नुभयो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ बुधबार यहाँ आइपुग्नुभएको हो । 
सेनाध्यक्ष नरवणेले आजै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोप्नु भयो । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता सुरु भएको छ । यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुनेछ ।
नेपाली सेना र भारतीय सेनाबीच एक-अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: