×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा: लामो समयपछी स्कुल जान पाउँदा मख्ख भए बालबालिका, माटोको भकारी बनाउँन अस्तव्यस्त महिला !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवा गाँउका बालबालिका विद्यालय जाँदैदेखि शुक्लाफाँटा नगरपालिका– ३ का माटोको भकारी बनाउँदै गरेकी थारु महिलासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लामो समयपछि कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवा गाँउका बालबालिका विद्यालय जाँदै । उनीहरु विद्यालय जान पाएकोमा खुशी देखिएका छन् ।
मानसिक सन्तुलन गुमेका दोर्दी गाउँपालिका–९ हिलेटक्सार माँझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई हातमा फलामको साङ्लोले बाँधेर कोठामा राख्दै । १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि गुरुङलाई यसरी नै राखिँदै आएको छ ।
शुक्लाफाँटा नगरपालिका– ३ का थारु महिला माटोको भकारी बनाउँदै । धान गहुँलगायतका अन्न राख्नका लागि थारु समुदायले माटोको भकारीको प्रयोग गर्ने गर्दछन् । 
बागलुङको काठेखोला गाउँपालिका–७, रेस नजिकै जनकल्याण आधारभूत विद्यालयले १० रोपनी जग्गामा लगाएको चियाखेती अवलोकन गर्दै वडा अध्यक्ष प्रेम लामिछाने ।
जिल्लाको बुढीगङ्गा नगरपालिका–३ का स्थानीय पञ्चेबाजा  नरसिङ्गो बजाउँदै । पछिल्लो समयमा पञ्चेबाजा लोप हुँदै गएको छ । 
तनहुँको सदरमुकाम दमौलीस्थित खुलाचौरमा घाम तापेर गफ गर्दै सर्वसाधारणहरु । केहि दिन यता चिसोबढेसँगै घाम ताप्ने लहर बढेको छ । 
रामपुर नगरपालिका–४ स्थित हाम्रो आधुनिक कृषि फार्ममा लगाइएको फूल खेतीमा रमाउँदै युवतीहरु । यहाँ अहिले फूलसँग रमाएर तस्वीर लिनेको चहलपहल छ । 
रामपुर नगरपालिका–८ स्थित निसर्दीको बारीमा पाकेको कोदो टिप्दै महिला । 
कैलालीको डुढेझारी जङ्गलमा खर खाट्न खोलेपछि खर सङ्कलन गर्दै स्थानीय उपभोक्ता । वर्षमा एक पटकमात्र वनमा खर काट्न खुला गर्ने गरेको छ । स्थानीयवासीले जङ्गलबाट खर सङ्कलन गरी घर तथा गाइबस्तुका लागि टहरा छाउने गर्दछन् । 
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर  प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद्सि (टिभिटी)ले सञ्चालन गरेको मेकानिकल सव–ओभरसेयरको परीक्षाको अनुगमन गर्दै । 
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको दुई हुजार ८९० मिटर उचाइमा रहेको सुन्दर गुफापोखरी । मौसम खुलेसँगै मकालु हिमाल पृष्ठभूमिमा उभिएको देखिने यो पोखरी गुराँसको राजधानी तेनजुरे, मिल्के, जलजले क्षेत्रको महत्वपूर्ण पर्यटन गन्तव्य हो । तेह्रथुमको वसन्तपुर बजारबाट दुई घण्टा सवारीमा पुग्न सकिने भएकाले धरान, इटहरी, विराटनगरका आगन्तुक यो पोखरीमा धेरैै आउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: