
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किसोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ । आफु २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफु पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यवसायीक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफुलाई बिजयी बनाउने विश्वास प्रधानले व्यक्त गनुएभयो । उहाँले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभयो । आफुलाई भावि अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उहाँको कार्यकालाई सफल बनाउन पनि उहाँले रोजेको समूह नै अगाडी आउने विश्वास गरेको बताउनुभयो ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४ औं साधारणसभा तथा निर्वाचन कोभिड १९ का कारण स्थगित भएको थियो । प्रधान समूहले आजै महासंघमा आफ्नो उम्मेदवारी समेत दर्ता गराउँदैछ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्