×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरण : फरार रहेका धादिङ रुबिभ्यालीका ५४ वर्षिय खम्ब घले पक्राउ !

PRIME CA

कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरण : फरार रहेका धादिङ रुबिभ्यालीका ५४ वर्षिय खम्ब घले पक्राउ !

१५ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कृषि विकास बैंक केन्द्रिय कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाडौंबाट बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर भुक्तानी लिई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई संगठित अपराधसमेतको कसूरमा कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको छ।  अपराधिक समूहका व्यक्तिहरूले संगठितरूपमा विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएका थिए । 
२०७६ असोज ७ गते बैंकको मौज्दातबाट विभिन्न अपराधिक व्यक्तिहरूको समूहले बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर चार करोड ८८ लाख ४६ हजार रूपैयाँ रकमान्तर गरेर भुक्तानी लिएका थिए । महाशाखाबाट घटनाको अनुसन्धान गर्दा श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जालगायतका व्यक्तिहरू पक्राउ परेका थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: