×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको ब्याज सस्तो हुँदा सेयर बजारमा सकारात्मक प्रभाव, नेप्से २८.८९ अंकले बढ्दा साल्ट ट्रेडिङका लगानीकर्ता मालामाल (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकको ब्याज सस्तो हुँदा सेयर बजारमा सकारात्मक प्रभाव, नेप्से २८.८९ अंकले बढ्दा साल्ट ट्रेडिङका लगानीकर्ता मालामाल (भिडियो)

Artha Sarokar

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । बुधबार पनि शेयर बजारमा परिसूचक नेप्से बढेको छ । नेप्से १ दशमलव ७२ प्रतिशत अर्थात २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ६७ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव २३ अंकले बढेर ३ सय ३५ दशमलव ६२ अंकमा बन्द भएको छ । नेप्से परिसूचक बढनुमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारणको ?पमा लिइएको छ । बैंकमा अधिक तरलता हुँदा ब्याजदर सस्तो भएको छ । सस्तो ब्याजदर भएकै कारण शेयर बजारमा राम्रो प्रभाव परेको देखिएको छ । अहिले बैंकिङ क्षेत्रमा निक्षेपको ब्याजदर ५ प्रतिशत भन्दा तल छ भने कर्जाको ब्याजदर पनि ८ प्रतिशतको आसपासमा छ । सस्तो ब्याजदरमा कर्जा पाउने भएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।
यसबाहेक बैंक तथा वित्तीय संस्था लगायत नेप्सेमा सूचिकृत कम्पनीह?ले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिरहेकाले त्यसको असर पनि बजारमा देखिएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणह? प्रकाशित भइराखेको र अधिकांश कम्पनीहरुको वासलात राम्रो देखिएपछि लगानीकर्ताले लगानी बढाएका छन् । त्यसैले बजारमा लगानी भित्रिदा शेयरको माग बढ्न गएकाले परिसूचकमा पनि सकारात्मक असर परेको देखिन्छ । आज (बुुधबार) पनि बजारमा ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ ?पैयाँ बराबरको १ कारोड २४ लाख २३ हजार ६ सय ५१ कित्ता शेयर खरिद विक्री भएको छ ।
कारोबारमा आएका समूह मध्ये फाइनान्स समूह बाहेकका सबै समूह बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६ दशमलव २१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचुअल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन् । बैंकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ ।
बुधबार सबैभन्दा धेरै कारोबार नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ९० लाख २८ हजार ९ सय ३० रुपैयाँको भएको छ । यस्तै हिमालयन डिस्टिलरीको शेयर कारोबार पनि १८ करोड ८६ लाख ४० हजार ?पैयाँ बढीको भएको छ । यस बाहेक १५ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार हुने कम्पनीह?मा एनआइसी एसिया बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । ९ प्रतिशत भन्दा माथि शेयर मूल्य बढ्ने कम्पनीह?मा लक्ष्मी इक्युटी फण्ड, नागरिक लगानी कोष, बिसाल बजार कम्पनी, एनआइसी एसिया ग्रोथ फण्ड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लगातका रहेका छन् । बजार बढेपनि आइसीएफसि फाइनान्स, सेन्ट्रल फाइनान्स लगायतका कम्पनीह?को शेयर मूल्य भने घटेको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी