
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनएमबि बैंकले गत शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण देखेर लगानीकर्ताहरु ‘तिरीमिरी’ भए । नहुन् पनि किन ? विवरण थियो नै त्यस्तै । बैंकले अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले खुद नाफा ८१ करोड ५१ लाख रुपैयाँ देखाइरहंदा केहि दिनअघि मात्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा भने बैंकले सो बर्षको सोहि अवधिको खुद नाफा २७ करोड १८ लाखमात्र रहेको देखाएको छ । यसले धेरै सूचकहरुलाई गडबढ बनाइदिएको छ । लगानीकर्ता झुक्किएका मात्र छैनन्, अघिल्लो बर्ष सोहि विवरण हेरेर लगानी गर्ने लगानीकर्ताहरु सेयर बजारमा गलत सूचनाको भागीदार बनेका छन् । सारमा वितरणयोग्य नाफामा ठुलो असर नगरेपनि लगानीकर्ताहरु झुटो विवरणको सिकार बनेका छन् । किन भयो त यस्तो ? अर्थ सरोकारले बैंकले गरेको एउटा गलत ‘एकाउन्टिङ ट्रिटमेन्ट’को रहस्य पत्ता लगाएको छ ।

बार्गेन गेनलाई नाफा गनेर मनपरी !
एनएमबिले तत्कालीन अवस्थामा ओमसँग मर्जरमा जाँदा पाएको ‘बार्गेन गेन’लाई बैंकले नाफामा जोडेको थियो । त्यतिबेला नै बैंकको सो वित्तीय विवरण हेरेपछि यस विषयमा बैंकले गलत ‘एकाउन्टिङ ट्रिटमेन्ट’ गरेको, बार्गेन गेनलाई सेयर प्रिमियममा राख्नुको सट्टा बढी नाफा कमाउने बदनियतका साथ नाफामा जोडेको भन्दै अर्थ सरोकारले टिप्पणी सार्वजनिक गरेको थियो । त्यतिबेला बैंकका फाइनान्स हेड मृदुल पराजुलीले हाम्रो टिप्पणीलाई प्रतिवादमात्र गरेका थिएनन्, ‘अडिटरको राय ठुलो कि तपाईंको ?’ भनेर उल्टै ठुलो कुरा गरेका थिए । सो समयमा अडिट टिमले दिएको राय अनुसारको एकाउन्टिङ ट्रिटमेन्ट गलत भएको समाचार आउँदा पराजुलीसहितको एनएमबिको टिम ‘पत्रकारले हावा समाचार लेखेको’ भन्दै थुप्रै ठाउँमा अर्थ सरोकारको कुरा काट्दै हिंडेका थिए । अन्तत सो एकाउन्टिङ ट्रिटमेन्ट गलत नै भएको निष्कर्ष निकाल्दै बैंकले यसपालीको रिपोर्टमा सो एकाउन्टिङ ट्रिटमेन्टलाई सच्याएर बार्गेन गेनलाई सेयर प्रिमियममा राखेका कारण यसपालीको विवरण तिरीमिरी झ्याई देखिनेगरी लगानीकर्ताहरुलाई झुक्याउनेगरी आएको छ ।
‘डिस्क्लोजर’ लुकाएर दादागिरी देखाउंदै बैंक !
अझ अचम्मको कुरा त के छ भने बैंकले आफुले गरेको गल्ती सच्याए पनि त्यसको डिस्क्लोजर नदेखाएर दादागिरी देखाएको छ । वित्तीय विवरणमा कुनै पनि कन्फ्युजन हुने खालका कुरा भए त्यसमा स्पष्ट डिस्क्लोजर देखाईनुपर्छ । तर बैंकले आफ्नो गल्ती लुकाउन यसरी बदमासी गरेको छ र सहि सूचना पाउने लगानीकर्ता र आम जनताको अधिकारमाथि धावा बोलेको छ । बैंकले स्पष्ट डिस्क्लोजर नदेखाउँदा धेरै लगानीकर्ता झुक्किएका छन् भने यसरी देखाउनुपर्ने कुरा नदेखाएर बैंकले भित्री चलखेल गरेको आरोप जानकारहरुले लगाएका छन् ।

के भन्छ बैंक ?
यस विषयमा बैंकका सूचना अधिकारी सुदेश उपाध्यायले बैंकले अडिटरको रायका आधारमा गरेको एकाउन्टिङ ट्रिटमेन्ट गलत भएको पाइएपछी अडिटरकै सल्लाहमा त्यसलाई ‘रेक्टिफाई’ गरिएको स्वीकारेका छन् । तर लगानीकर्ताको आँखामा छारो हाल्ने शैलीमा आएको वित्तीय विवरणमा यस विषयमा स्पष्ट डिस्क्लोजर नआएको बारे भने उनले केहि दिनमा मात्र जानकारी दिन सक्ने भन्दै पन्छिएका छन् । ‘यसरी त लगानीकर्ता फसेनन् र ?’ भन्ने हाम्रो प्रश्नमा उनले लगानीकर्ताले पाउने रिटर्नमा यसले खासै ठुलो असर नगर्ने दाबी गर्दै यस विषयमा औपचारिक जानकारी तिहारपछी बैंकले गराउने प्रतिबद्धता जनाएका छन् ।
https://arthasarokar.com/2020/11/NMB-Badmasi.html
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्