×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : नेपालमै गोलभेडा व्यवसाय गरेर सुन फलाउँदै युवा, त्यही भिडमा विदेशिनेहरुको छुट्टै लर्को !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : नेपालमै गोलभेडा व्यवसाय गरेर सुन फलाउँदै युवा, त्यही भिडमा विदेशिनेहरुको छुट्टै लर्को !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले देशिक रोजगारीमा जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका नेपाली पिसिआर रिपोर्ट देखाउन लामबद्ध भएर लाइनमा बसेकादेखि काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ अनैकोटका युवाले सञ्चालन गरेको ‘पाँचखाल साझेदारी कृषि फर्म’ मा लटरम्म फलेको गोलभेडाको रेखदेख गर्दै गरेका युवासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
देशिक रोजगारीमा जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका नेपाली पिसिआर रिपोर्ट देखाउन लामबद्ध भएर लाइनमा बस्दै । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र हवाई यात्रा गर्न पाउँछन् । 
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं २ अनैकोटका युवाले सञ्चालन गरेको ‘पाँचखाल साझेदारी कृषि फर्म’ मा लटरम्म फलेको गोलभेडाको रेखदेख गर्दै युवा । स्थानीय कृषक र विदेशबाट फर्केका ११ युवाले  करिब ७० रोपनी जग्गामा टनेल बनाएर गोलभेडा खेती गरेका छन् । 
पोखरा महानगरपालिका–१८ जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कबाट देखिएको सूर्योदयसहितको दृश्य । 
नेपाल उद्योग वाणिज्य महासङ्घमा नेतृत्व चयनका लागि शनिबार काठमाडौँमा भएको निर्वाचनमा मतदान गर्दै मतदाता ।
कोरोना कहरका कारण आठ महिनापछि स्कुल लागेपछि डोटीको जोरायल गाउँपालिका–६ कृष्ण माध्यमिक विद्यालय दहमा पढ्दै गरेका बालबालिकाहरु । 
काभ्रेपलाञ्चोकको पाँचखालमा ड्याङ  बनाएर आलु रोप्दै किसान । तरकारी उत्पादनमा पाँचखाल प्रख्यात छ । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा रु एक करोड ३१ लाखको लागतमा निर्माण भएको हिस्तान स्वास्थ्य चौकी भवन ।
वैदेशिक रोजगारीमा जान लागेका नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पिसिआर रिपोर्ट देखाउन लाइमा बस्दै । विश्वभर फैलिएको कोरोना भाइरसका कारण यात्रुले कोरोनाको नेगेटिभ रिपोर्ट देखाएपछि मात्र हवाई यात्रा गर्न पाउँछन् ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं। २ अनैकोटका कृषकले कुखुरा पाल्न र गोलभेंडाखेती गर्नका लागि खेतको फाँटमा निर्माण गरेको जस्ताको टहरा र प्लाष्टिक टनेल । पाँचखाल नगरपालिका ‘पाँचखाल नगर कृषि शहर’ को नाराले परिचित छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: