
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २३ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ०.७३% ले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १२ करोड १४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिसम्म आउँदा कम्पनीको बिमा कोषको आकार पनि बढेको छ । बिमा कोष आकार ५.७८% ले बढेर १ अर्ब ११ करोड ८४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको बिमा कोषको आकार १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ५ पैसा छ । यस्तै खुद बिमा शुल्क यो वर्ष ४३ करोड ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीले कुल ३६ करोड २७ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ८४ करोड ९५ लाख ९२ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्