×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुआहारा’ का नाममा बेमतलबी तलव सोहोर्दै कर्मचारी, काम नै नगरी बुझाए फर्जी विवरण ! (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार

PRIME CA
laxmi sunrise bank

‘सुआहारा’ का नाममा बेमतलबी तलव सोहोर्दै कर्मचारी, काम नै नगरी बुझाए फर्जी विवरण ! (प्रमाणसहित)

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । सुआहारा गर्भवती तथा हजार दिनका आमाको पोषण सुधारका लागि युसएआईडीको सहयोगमा सञ्चालन गरिएको कार्यक्रम हो । जुन कार्यक्रममा विभिन्न जिल्लाहरुमा रहेका गर्भवती तथा हजार दिनका आमाहरुलाई पोषण सुधार तथा स्वास्थ्य सम्बन्धि विषयमा सचेत गराउने गरिन्छ । 
गर्भवती तथा हजार दिनका आमाहरुलाई मुख्य प्रथामिकतामा राख्दै सुआहारा कार्यक्रम देशव्यापी रुपमा सञ्चालन भईरहेको छ । यसैबीच बैतडीको पुर्चौडी नगरपालिकामा पनि उक्त कार्यक्रम लामो समयदेखी चल्दै आएको थियो । तर पछिल्लो १ महिना यता उक्त क्षेत्रमा कार्यरत कर्मचारीहरुले काम नै नगरी फर्जी विवरण पेश गर्दै तलब सुविधा लिईरहेको खुलासा भएको छ । 

स्वदेश बैतडीद्धारा सञ्चालिन सुआहारा कार्यक्रममा पुराना कर्मचारीको निश्कासन गर्दै अनुकुलताको आधारमा नयाँ कर्मचारी राखेको स्रोतले बताएको छ । स्रोतका अनुसार पुर्चौडी नगरपालिकाको लागि तीनजना कर्मचारी खटाईएको छ । ‘पुरानो कार्यक्रम परिमार्जित भई नयाँ स्वरुपमा आएको कार्यक्रमलाई नगरपालिकाले स्विकृति समेत दिएको छैन’, स्रोतले भन्यो, ‘काम नै नगरी फर्जि विवरण पेश गर्दै तलव खाने काम भएको छ ।’
उक्त सुचना पाए लगत्तै अर्थ सरोकारको टिमले बैतडीको पुर्चौडी नगरपालिकामा रहेका गर्भवती तथा हजार दिनका आमाहरुलाई पनि सोध्ने प्रयास गर्यौँ । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ भटनाकी पार्वती भट्टले अहिले उक्त कार्यक्रमको विषयमा आफुहरुलाई कुनैपनि जानकारी नभएको बताईन् । उनले भनिन्, ‘४-५ महिना पहिला चहलपहल थियो तर अहिले उक्त कार्यक्रम शुन्य अवस्थामा रहेको छ ।’

त्यस्तै सोही नगरपालिका वडा नम्बर ७ कोटिलाका जनक जोशीले पनि उक्त कार्यक्रम अन्योलतामै रहेको बताए । समुदायमा सुआहारा कार्यक्रमको प्रभाव केही नभएको जोशीले भने । ‘स्वास्थ्य संस्थामा खोप लगाउने गर्थेँ तर प्रत्यक्ष रुपमा सहयोग पुग्ने कुनैपनि कार्यक्रम भएको छैन’, उनले भने, ‘खोई आफ्नै तरिकाले तलब खाने मात्रै काम भएको छ ।’
यसै विषयमा पुर्चौडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष गणेश गडालसँग बुझ्दा उनले पनि अहिले कार्यक्रमको विषयमा कुनै जनकारी नभएको बताए । उनले भने, ‘अघिल्लो वर्षचाहीँ भएकै हो तर अहिले भने कुनै जानकारी छैन ।’ त्यस्तै वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र धानुकको तर्क पनि केही यस्तै थियो । उनले पनि सुआहारा कार्यक्रमको कुनै खबर नभएको बताए । उनले भने, ‘गतसालसम्म त कार्यक्रम भएको थियो तर अहिले कुनैपनि गतिविधि सञ्चालन भएको छैन ।’

पुचौंडी नगरपालिकाका नगरप्रमुख रण बहादुर कुँवरले पनि सो कार्यक्रम अहिले सञ्चालन नभएको बताए । ‘तिनिहरु आफै कर्मचारी निकाल्ने र राख्ने गदैछन्, हामीसँग छलफल पनि नगरेको हुनाले अहिले कार्यक्रम अन्योलमै छ । हामीले स्वीकृति पनि दिएका छैनौ त्यसैले काम पनि अहिले चलेको छैन’, नगरप्रमुख कुँवरले भने । तर सोही नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमको तर्क भने भिन्नै थियो । उपप्रमुख बमले सुआहारा कार्यक्रमलाई स्विकृति दिईसकेको बताईन । हामीसँगको कुराकानिको क्रममा उनका दुईथरी कुराले झनै उल्झन सृजना गर्यो । कर्मचारी छनौटको प्रक्रिया सुरुवाती चरणमा भएकोले काम सञ्चालन नभएको बताएकी उनले केही बेरमै दुईजना कर्मचारीहरुले काम गरिरहेको बताईन् । 
बैतडीका लागि सुआहारा कार्यक्रमको कार्यक्रम संयोजक नागेन्द्र धामीले कार्यक्रमको अवस्था निरन्तर चलिरहेको बताए । स्विकृतिका विषयमा बोल्दै धामीले पुरानै कार्यक्रम रहेकोले स्विकृति नलिनुपर्ने बताएका छन् । उनले कोभिड १९ का कारण कर्मचारी घटाएकोले पुर्चौडी नगरपालिकामा ३ जनामात्रै रहेको जानकारी दिए । उक्त नगरपालिकामा कार्यरत कर्मचारीले फर्जी विवरण पेश गरेको कुरा स्विकार्न उनि तयार नै थिएनन् । उनले भने, ‘त्यस्तो त हुनै सक्दैन, त्यो गलत हो ।’ तर हामीले संकलन गरेको सुचना र विवरणले सतप्रतिशत फर्जि विवरणको संकेत गरिरहेको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: