×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिहार आएपनि सुनसान देखियो असन क्षेत्र, भाइमसलाको मूल्य २०% ले घटेपनि ग्राहक नआएको व्यापारीको गुनासो ! (भिडियो)

PRIME CA

तिहार आएपनि सुनसान देखियो असन क्षेत्र, भाइमसलाको मूल्य २०% ले घटेपनि ग्राहक नआएको व्यापारीको गुनासो ! (भिडियो)

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । कोभिड-१९ संक्रमणको जोखिम काम गर्न जारी गरिएको लक डाउन खुकुलो भएपछि जनजीवन केही सहज भन्दै गएपनि चाडपर्वहरुमा चहलपहल देखिँदैन् । दशैं सकिएर तिहार नजिकिँदै गर्दा पनि बजारमा चहलपहल छैन् । व्यवसायीहरु विगत वर्षहरु भन्दा आधाबढीले व्यापार कम भएको बताउँदै आएका छन् । 
तिहार आउन धेरै समय बाँकी नरहेपनि अहिले आममानिसहरुमा उत्साह छैन् । कोभिडका कारण स्वास्थ्य जोखिम कायमै रहेको छ भने आर्थिक गतिविधिहरु पनि ठप्प रहेका छन् । विगत वर्षहरु भन्दा यो वर्ष तिहारको किनमल आधा भन्दा बढीले घटेको व्यवसायीहरु बताउँछन् ।
भाइमसलाको मूल्य विगतभन्दा २० प्रतिशतले कम भएपनि ग्राहकहरु नआएको असन क्षेत्रमा व्यापार गर्दै आउनुभएका संजयदत्त तुलाधरले बताउनुभयो । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको छ । यद्यपी विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताउनुभयो ।
तिहारमा प्रयोग हुने मसलाको मूल्य गत वर्षभन्दा यो वर्ष सस्तो भएको छ । तिहारमा तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको मूल्य घटेको छ । माग पनि विगत जस्तो छैन् । व्यवसायीहरु आधाभन्दा बढीले व्यापार घटेको बताउँछन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: