×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : खसीबोका बिक्री नभएपछि निराश बने तनहुँका व्यापारी, मेलापातमा व्यस्त कञ्चनपुरका महिला !

PRIME CA

देश बोल्ने फोटो कथा : खसीबोका बिक्री नभएपछि निराश बने तनहुँका व्यापारी, मेलापातमा व्यस्त कञ्चनपुरका महिला !

२ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँमा तिहार पर्वमासमेत खसीबोका बिक्री नभएपछि निराश भएका व्यापारीदेखि कञ्चनपुर कृष्णपुर नगरपालिका १ दोमिल्लाका महिला सामुदायिक वनबाट गाईबस्तुका लागि स्याउला ल्याउँदै गरेकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारी नजिकै बिक्रीका लागि राखिएका खसीबोका । तिहार पर्वमा खसीबोका बिक्री नभएपछि व्यापारी निराश भएका छन् ।
तनहुँको व्यास नगरपालिकामा वितरणका लागि राखिएको आलुको बीउ । व्यास नगरपालिकालाई आत्मनिर्भर बनाउन नगरपालिकाले कृषकलाई निःशुल्क रुपमा आलुको बीउ वितरण गरिरहेको छ । 
कञ्चनपुर कृष्णपुर नगरपालिका १ दोमिल्लाका महिला सामुदायिक वनबाट स्याउला ल्याउँदै । गाईबस्तुलाई खुवाउनकासाथै मल बनाउन  यसको प्रयोग हुने गरेको छ  । 

तनहुँको व्यास नगरपालिका–१ गल्वुबेसीमा सुकाइएको तेजपात । तेजपात मसलाको रुपमा प्रयोग गरिन्छ । अकला सामुदायिक वनमा व्यावसायिक रुपमा यसको खेती गरिएको छ ।

फेवातालसँगै देखिएको हिम शृङ्खलाको मनोरम दृश्य । 

तनहुँको व्यास नगरपालिका–५ ठूलोटारमा बनाइएको परालको कुन्यू । गाईवस्तुलाई खुवाउन कृषकले पराल कुन्यू बनाएर राख्ने गर्छन । 

नहुँको व्यासनगरपालिका–४ स्थित कालिका जङ्गलपार्कबाट देखिएको मादीनदी । 

सन्धिखर्क नगरपालिका–१०, बेलटारीका कृषक खिमबहादुर पाण्डेले हाइटेक प्रविधि अपनाएर गरेको गोलभेडाखेती । 
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका –१ पल्टा गाउँ नजिकै रहेको पोखरीमा उडिरहेका रैथाने जातका सेता बकुल्ला । सेतो बकुल्लाको कालो खुट्टा र पहेँलो औँला हुन्छन् ।  बकुल्ला विशेषगरी सफा पानीमा बसोबास गर्छ भने यसले पानीमा पाइने माछा, कीरा फट्याङ्गा खाने गर्छन् ।
धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानवजारका कृषक श्रीकृष्ण अधिकारी किबी बजार लैजान तयारी गर्दै ।
धरानको विष्णुपादुकामा रहेको सुलीकोट क्षेत्र ।  भेडेटार बजार भन्दा अग्लो डाडामा रहेको सुलीकोटको उचाई एक हजार ४६७ मिटर छ । तत्कालीन विजयपुर राज्यले अपराधीलाई मृत्युदण्ड दिन सुली चढाउने ठाउँ भएकाले यसको नामाकरण सुलीकोट हुन गएको हो । धरानदेखि सडक मार्ग र हाइकिङ दुवैमा पुग्न सकिने यस स्थान अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: