काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को आधिकारिक प्रत्यक्ष प्रसारण साझेदार डिशहोम गो एपले उद्धघाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाबीचको रोमाञ्चक भिडन्त दुई लाखभन्दा बढी दर्शकसँग प्रत्यक्ष देखाउन सफल भएको छ । दर्शक संख्यालाई प्राविधिक भाषामा, ‘कन्क्युरेन्ट भ्युवर्सिप’ भनिन्छ, जसले डिशहोम गोको तयारी र प्रविधिक क्षमता पुष्टि गरेको छ ।
उद्धघाटन खेलमा केही प्रयोगकर्ताहरूले प्रत्यक्ष प्रसारण हेर्न असमर्थता अनुभव गरेका थिए । यो समस्या केवल डिशहोम गोको नभएर, धेरै पक्षहरू संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको डिशहोमले जनाएको छ । विशेषतः एनपिएल सिजन पासको सदस्यता खरिद प्रक्रियामा देखिएका प्राविधिक जटिलताहरूले आइओएस् प्रयोगकर्ताहरूमा असुविधा सिर्जना गरेको थिए । एन्ड्रोइड प्रयोगकर्ताहरूले भने सहजै सदस्यता लिएर प्रत्यक्ष प्रसारण हेर्न सक्षम भएको डिशहोमले जनाएको छ ।
डिशहोम गो एपका इञ्जिनियरहरू र विश्वस्तरीय सहयोगी कम्पनीका विशेषज्ञहरूले लगातार समस्या समाधानमा काम गरिरहँदा पहिलो दिन धेरै समस्याहरु समाधान भएका थिए भने दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताहरूले पनि सहज रूपमा एनपिएल सिजन पासको सदस्यता लिएर प्रत्यक्ष खेल हेर्न सक्ने अवस्था आएको थियो ।
यसैगरी, दोस्रो र तेस्रो दिनको खेलमा लगभग सबै प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान भइसकेका छन् । डिशहोम गोका आधिकारिक च्यानलहरु मार्फत प्राप्त हजारौं अनुरोधहरूलाई प्रणालीबाट एकैचोटि सक्रिय गरीएको छ । यसका साथै, कुनै प्रयोगकर्ताले दोहोरो भुक्तानी गरेका ग्राहकहरूको रकम फिर्ता प्रक्रिया पनि सुरु भइसकेको डिशहोमले जनाएको छ ।
थप सहजता सुनिश्चित गर्न, बुधबारदेखि खल्ती तथा इसेवा मार्फत एनपिएल सिजन पासको भौचर खरिद गर्न सकिने व्यवस्था गरिएको छ । खल्ती तथा इसेवाबाट खरिद गरिने भौचर नेपालमा मात्र प्रयोग गर्न सकिने सुविधा रहेको छ । प्रत्येक व्यक्तिले आवश्यक अनुसार जतिसक्दो भौचर खरिद गर्न सक्ने सुविधा उपलब्ध गरिएको छ, जसले घरपरिवार र साथीभाईलाई पनि सहकार्य गर्न तथा मोबाइलमार्फत सजिलै एनपिएल हेर्न सहयोग पुर्याउनेछ ।
डिशहोम गोले यो चुनौतीपूर्ण कार्य सफलता पूर्वक सम्पन्न गर्दै नेपालको इतिहासमा पहिलोपटक पूर्ण रूपमा मोबाइल एप मार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने नेपाली कम्पनीको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ । यसरी, डिशहोम गो अब राष्ट्रिय सिमाना पार गर्दै विश्वस्तरीय प्रत्यक्ष प्रसारण प्लेटफर्म बन्ने यात्रा अघि बढाइरहेको छ र विश्वभरका लोकप्रिय स्ट्रिमिङ सेवाहरूको सूचीमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्