×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आत्मनिर्भर बन्न खोज्ने महिलाहरुको कथा, मन्दिर परिसरमा रोट पकाउँदै गरेकोदेखि घर-घरमा अदुवा बिक्रीसम्म ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

आत्मनिर्भर बन्न खोज्ने महिलाहरुको कथा, मन्दिर परिसरमा रोट पकाउँदै गरेकोदेखि घर-घरमा अदुवा बिक्रीसम्म ! (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले विभिन्न ठाउँका महिलाहरु आत्मनिर्भर बन्दै गरेकादृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
पाल्पाको भैरवस्थान मन्दिर परिसरमा रोट पकाउँदै व्यापारी बिमला प्रधान । उहाँले साढे एक दशकदेखि रोटको व्यापार गर्दै आउनुभएको छ । यहाँको मन्दिरमा बिशेष गरी चामलको पिठोबाट बनाइएको रोट भगवान्लाई प्रसादको रुपमा चढाउने चलन छ । 
बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ३ मा फुलेको तोरीको रमनीय फूल । 
बागलुङ बजारमा अदुवा खरिद बिक्री गरिँदै ।  

चितवन राष्ट्रिय निकुञ्जअन्तरगत बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी गर्दै पर्यटक । यहाँ हात्ती सफारी गरेर एक सिंङ्गे गैँडालगायत दुर्लभ वन्यजन्तु अवलोकनमा पर्यटक लालायित हुन्छन् । कोरोनाको कहरका बीच सुरक्षा मापदण्ड अपनाएर दशैँबाट भने यहाँ पर्यटकीय चहलपहल शुरु भगरिएको छ । 
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर २ को फूलवारीसँग आफ्नो थारु भेषभेषूमा अस्मिता चौधरी ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नं २ पल्लिकोटमा किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीहरु जोखेर बिक्री गरिंदै । 
लालझाडी गाँउपालिकाको कञ्जका महिला खेतबाट खनेर ल्याएको पिडालु सफा गर्दै । पिडालु खेतीका लागि लालझाडी प्रख्यात रहेको छ । 
डोटीको पूर्वीचौकी गाउँपालिका–२ कुडासैनमा साइन नेपाल नाम संस्थाले बितरण गर्न ल्याएको धुवाँरहित आधुनिक चुला लैजाँदै स्थानीयबासी । 
लालझाडी गाउँपालिकाको कञ्जका महिलाहरु वन क्षेत्रबाट काटेर ल्याएको घाँसको भारीसहित दोदा नदी तर्दै । नदीमा पुल नहुँदा स्थानीयबासिन्दा जोखिमको यात्रा गर्न बाध्य छन् । 
मकालु गाउँपालिका–५ मा निर्माणाधिन नौसय मेगावटको अरुण तेस्रो परियोजनाको ड्याम साइड । उक्त आयोजना भारतको सतलज कम्पनीले सन् २०२२ मा सम्पन्न हुने गरी सम्झौता गरेको छ । 
बेलौरी नगरपालिकाको रामनगरमा खानेपानीको पाइप जोड्दै गरेका मजदूर । एक हजार बढी बासिन्दाका लागि बृहत खानेपानी आयोजना सञ्चालन गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: