×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हलो र उखु लिएर माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन जारी, भुक्तानी नदिएसम्म आन्दोलन नरोक्ने चेतावनी (भिडियो)

PRIME CA

हलो र उखु लिएर माइतीघर मण्डलामा उखु किसानको प्रदर्शन जारी, भुक्तानी नदिएसम्म आन्दोलन नरोक्ने चेतावनी (भिडियो)

अर्थ सरोकार

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु बुधबार पनि सडकमा निस्किएका हुन् । उखु किसानहरु मसिर २८ गते देखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा आएर संघर्ष गरिरहेका छन् । चिनी मिल सञ्चालकहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने उखु किसानहरुले बताएका छन् । मिल सञ्चालकहरुबाट किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । 
सरकारले गत वर्ष नै किसानको उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालकबीच सम्झौता गराएको थियो । सरकारको रोहबरमा एक महिना भित्रमा भुक्तानी दिने सम्झौता भएपनि किसानहरुले एक वर्षसम्म पनि भुक्तानी पाउन सकेनन् । त्यसैले किसानहरु फेरीपनि काठमाडौं आएर संघर्ष गर्न बाध्य भएका हुन् । यसपटक सरकारले उखु किसानहरुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बताएको छ तर अहिलेसम्म कुनैपनि कारबाही गर्न सकेको छैन् । किसानहरुले सरकारसँग पटकपटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् । किसानहरुले आफुहरुले पाउनुपर्ने रकमको भुक्तानी दिलाउने जिम्मेवारी सरकारले नलिदासम्म संघर्षलाई जारी राख्ने बताएका छन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: