×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाजको पसारो : कमाई घटेपछी रुवाबासी गर्न धितोपत्र बोर्ड पुगे सेयर ब्रोकरहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लाजको पसारो : कमाई घटेपछी रुवाबासी गर्न धितोपत्र बोर्ड पुगे सेयर ब्रोकरहरु

Artha Sarokar

१२ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ब्रोकर कमिशन घटेपछि सेयर ब्रोकरहरु पनि नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । बोर्डले ३३ प्रतिशतले ब्रोकर कमिशन घटाएरपछि सो बिषयमा असन्तुष्टि जनाउँदै३३ प्रतिशतले सेयर ब्रोकरहरु आज आइतबार बोर्ड पुगेका हुन् । 
सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै कमिशन घटाउने निर्णय पुनर्बिचार गर्न माग गरेका छन् । यस्तै कमिसन घटाउँदा बोर्ड र नेप्सेले लिने रकम घटाउनु पर्नेमा आफूहरुको व्यवसाय चल्नै नसक्ने गरी घटाएको उनीहरुको भनाई छ । 
केहि दिनअघि बोर्डले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४%, ५० हजार रुपैयाँभन्दा बढीदेखि ५ लाख रुपैयाँसम्म ०.३७%, ५ लाख रुपैयाँभन्दा बढीदेखि २० लाख रुपैयाँसम्म ०.३४%, २० लाख रुपैयाँभन्दा बढीदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३% र १ करोड रुपैयाँभन्दा बढीको कारोबारमा ०.२७% कमिसन लाग्ने नयाँ व्यवस्था गरेको थियो। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी