×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ बराबरकाे आर्थिक सहयाेग

LAXMI SUNRISE BANK
GLOBAL

नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ बराबरकाे आर्थिक सहयाेग

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरस्थित सामुदायिक विकास समितिलाई तीन लाख रुपैयाँ बराबरकाे आर्थिक सहयाेग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर १८ गते उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंकको कमलादी स्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका थिए ।
सो समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ । हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिनेछ ।
साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिक्तामा राख्दै आएको जानकारी गराएको छ । बैंकले आफ्नो संस्थागत नारा नै “हामी सबैको बैंक” भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवन स्थरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी