×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको सामाजिक कार्य : शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण, आजैदेखि सञ्चालनमा (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एभरेष्ट बैंकको सामाजिक कार्य : शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण, आजैदेखि सञ्चालनमा (भिडियो)

Artha Sarokar

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुशण रहित शवदाह गृह आज (बुधबार) देखि सञ्चालनमा आएको हो । आज बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ । 
हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुशणलाई पनि कमगर्ने भएकाले आधुनिक शवदाह गृह पशुपती क्षेत्रका लागि महत्वपूर्ण हुने बताउनुभयो । आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गर्नुभयो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताउनुभयो । यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी