- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले अत्याधिक चिसो बढेपछि गाउँबाट खच्चडमा ढुवानी गरेर हुम्लाको सदरमुकाम सिमकोट दाउरा ल्याइँदै गरेकोदेखि कपिलवस्तुको शिवराज नगरपालिका– ६ स्थित एक इँट्टा उद्योगमा इँट्टा निर्माण गरिरहेका मजदुरसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
अत्याधिक चिसो बढेपछि गाउँबाट खच्चडमा ढुवानी गरेर हुम्लाको सदरमुकाम सिमकोट दाउरा ल्याइँदै ।
कपिलवस्तुको शिवराज नगरपालिका– ६ स्थित एक इँट्टा उद्योगमा इँट्टा निर्माण गर्दै मजदुर ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले लैङ्गिकमैत्री बजेट निर्माणका सन्दर्भमा मन्तब्य व्यक्त गर्दै । जिल्ला स्तरीय बाल सञ्जाल दाङको आयोजना, महिला पुनस्थापना केन्द्र ९ओरेक० दाङको सहकार्य तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा मङ्गलबार उक्त कार्यक्रम भएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौलीखण्डमा बुधबार ट्राफिक सङ्केत सामग्री राख्दै व्यास नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, ट्राफिक प्रमुख रेशम रानाभाटलगायत । प्रभु बैङ्कले उपलब्ध गराएको दश थान सामग्री राजमार्गमा राखिएको छ ।
पर्वतको कुश्मास्थित धार्मिक पर्यटकीय गन्तव्यस्थल गुप्तेश्वर गुफामा रहेका कलात्मक आकृति । विसं १९९० मा पत्ता लागेको गुप्तेश्वर गुफामा शिवरात्रिलगायत पर्वमा मेला लाग्ने गर्छ ।
तनहुँको म्याग्दे गाउँपालिका–४, नारिङ्गेमा गाउँपालिकाको प्रशासकीय भवन बुधबार शिलान्यास गर्दै पूर्वसभामुख तारानाथ रानाभाट । भवन रु दश करोड ३५ लाख ६९ हजार ८८४ को लागतमा निर्माण हुन लागेको हो ।
सीमान्तकृत बालिकाहरुको शिक्षामा पहुँच बढाउन बुधबार धनगढीमा आयोजित छलफल कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड । उक्त छलफलमा सुदूरपश्चिम प्रदेशका करिब १२ स्थानीय तहका जनप्रतिनिधि र अन्य पदाधिकारी सहभागी छन् ।
मानव अधिकारका लागि महिला समूहद्वारा पोखराको कास्कीमा आयोजित एक दिवसीय प्रदेश स्तरीय कार्यशाला गोष्ठमा सहभागी हुँदै एकल महिला ।
मानव अधिकारका लागि एकल महिला, महिला समूह कास्कीद्वारा आयोजित एक दिवसीय प्रदेश स्तरीय कार्यशाला गोष्ठीको बुधबार उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापा ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ को वडा कार्यालय भवन शिलान्यास गर्दै नगरप्रमुख किसान गुरुङ ।