×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाणिज्य बैंकहरुले एक महिनामा ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरे, एक सातामा मात्रै १६ अर्ब रुपैयाँ कर्जा प्रवाह !

PRIME CA

वाणिज्य बैंकहरुले एक महिनामा ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरे, एक सातामा मात्रै १६ अर्ब रुपैयाँ कर्जा प्रवाह !

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढ्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार  पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेपको तुलनामा कर्जाको माग बढ्न थालेको हो । संचालनमा रहेका २७ वाणिज्य बैंकहरुले १ महिनामा ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । 
संघका अनुसार कात्तिक दोस्रो सातासम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन मंसिरको दोस्रो साता ४२ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाहतर्फ भने कार्तिक दोस्रो साता ३० खर्ब २० अर्ब रुपैयाँ प्रवाह गरेकोमा मंसिरको दोस्रो साता ४६ अर्ब रुपैयाँले बढेर ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । 
यस्तै बैंकहरुले कात्तिक तेस्रो साता ३० खर्ब ३१ अर्ब रुपैयाँ र कात्तिक अन्तिम साता ३० खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यद्यपि मंसिरको पहिलो साता बैंकहरुमा कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको देखिन्छ भने मंसिरको दोस्रो साता नै १६ अर्ब रुपैयाँले बढेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: