×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : तनहुँको व्यासका मानिसहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य, कोरोनाले खोस्यो लुक्लाबासीको व्यापार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले तनहुँको व्यास नगरपालिका–१३ स्थित बुद्धसिंह मार्गमा पहिरो गएको स्थानबाट गन्तव्यतर्फ जाँदै गरेको बसदेखि सोलुखुम्बुको सगरमाथा प्रवेशद्वार लुक्ला अहिलेसम्म सुनसान बनेकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
तनहुँको व्यास नगरपालिका–१३ स्थित बुद्धसिंह मार्गमा पहिरो गएको स्थानबाट गन्तव्यतर्फ जाँदै बस । 
सोलुखुम्बुको सगरमाथा प्रवेशद्वार लुक्ला अहिले सुनसान । यस वर्ष कोभिड–१९ को महामारीले गर्दा विदेशी पर्यटक लुक्लामा नआएको स्थानीय व्यवसायीको भनाइ छ । 
पोखरा महानगरपालिका–२० मौजामा डेढ दशकदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएका दुर्गाबहादुर गुरुङको मौजा हिल लाइभस्टक बाख्रा फार्ममा पालिएका पाठापाठी । फार्ममा ६० माउसहित १५० बाख्रा छन् । 
कञ्चनपुरको नौखरी मुक्त कमैंया शिविरका बालिकाहरु घरायसी खर्च धान्न दाउरा बेच्नका लागि झलारी बजारतर्फ जाँदै । कोरोनाको सङ्क्रमणका कारण मजदूरी नपाइएपछि अभिभावकहरुले बालबालीकालाई दाउरा बेच्नका लागि बजारमा पठाउने गरेका छन् । 
झण्डै एक वर्षपछि हुम्लाको सिमकोट विमानस्थलमा सोमबारदेखि उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को हवाइजहाज । नेपाल एयरलाइन्सले अब हुम्लामा नेपालगञ्जबाट हप्ताको एक दिन उडान गर्ने भएको छ । 
हिन्दु धर्म–संस्कृतिअनुसार पञ्चेबाजाका साथ परम्परागत विवाहको क्रममा बेहुलीको घरतर्फ प्रस्थान गर्दै जन्ती । 
काठमाडौँको चन्द्रागिरिमा गोलभेँडा खेती गर्नका लागि बनाइएका टनेल । 
विनासकारी भूकम्पले क्षति पुराएको नुवाकोट साततले दरबार परिसर स्थित भैरवीदेवी मन्दिरको प्राङ्गणमा अवस्थित लामपाटी दरबार । चीन सरकारको सहयोगमा नुवाकोट दरबार सहित दरबार क्षेत्रमा पर्ने विभिन्न धार्मिक तथा ऐतिहासिक संरचनाको पुर्ननिर्माण गर्ने सम्झौता भएपनि कोभिड–१९ को सक्रमणको कारण पुनःनिर्माण रोकिएको छ । 
पाल्पाको तिनाउ गाउँपालिकाको ज्यामिरेमा गुन्द्री बुन्दै महिला ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा पर्ने हिमाली वस्ती घुन्साका बासिन्दा छोक्प्या । 
दाङको तुलसीपुर बजारबाट सामग्री लैजानका लागि ल्याइँदै गरेका घोडाहरु । गाउँबाट चामल बजारमा ल्याउने र बजारबाट आबश्यक सामग्री गाउँ लैजान घोडाहरु प्रयोग गर्ने गरिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: