
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखरा महानगरपालिका–२५ हेम्जामा हाइग्राउन्ड एड्भेन्चर्स नेपाल प्रा.लि.ले सञ्चालन गरेको बन्जी जम्पमा रमाउँदै गरेका आन्तरिक पर्यटकदेखि म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमालसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखरा महानगरपालिका–२५ हेम्जामा हाइग्राउन्ड एड्भेन्चर्स नेपाल प्रा.लि.ले सञ्चालन गरेको बन्जी जम्पमा रमाउँदै आन्तरिक पर्यटक ।

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट देखिएको गुर्जा र चुरेन हिमाल ।

छेडागाड नगरपालिकाको मनघाटबाट टिम्मुर बिक्री गर्न जाँदै पश्चिम जाजरकोटका स्थानीय व्यापारी । टिम्मुर स्वस्थ र स्वादिष्टका लागि प्रयोग गरिन्छ ।

खोटाङको त्रिधार्मिकस्थल हलेसी अवस्थित बसाहा गुफा भक्तजनबाट अवलोकन ।

बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाडौँमा स्थानीय देवबहादुर बोहरासहित चार जनाले फर्म खोली पालेका कालिज । उनीहरुले एक किलो भाले कालिज रु तीन हजारमा बिक्री गर्छन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल मङ्गलबार बुटवलस्थित कान्ति माध्यमिक विद्यालयको शैक्षिक तथा छात्रबास भवनको शिलान्याश कार्यक्रममा ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्थापना गर्नुभएको छात्रवृत्ति मङ्गलबार एक छात्रालाई प्रदान गर्नुहुदै ।

रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई दिर्घसेवा पदक वितरणपछि कर्मचारीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको १२ औँ वार्षिक साधारणसभाको उद्घाटन

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्