- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आशा लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टको बोनस सेयरमा समायोजन भएको हो ।
आशा लघुवित्तको १५ प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले ८७० रुपैयाँमा सेयर मूल्य समायोजन गरेको छ भने सिनर्जी पावरको ४.७५ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता २०७ रुपैयाँ सेयर मूल्य निर्धारण गरेको छ । नेप्सेले गत बिहीबर कारोबार बन्द भएको अन्तिम मूल्यलाई आधार मानेर प्रस्तावित बोनसमा सेयर मूल्य समायोजन गरेको हो ।