×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ७०.६२ अंकको उछालसंगै ऐतिहासिक बिन्दुमा पुग्यो परिसूचक, नेपाल दुरसंचार कम्पनीको सर्वाधिक कारोबार !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा ७०.६२ अंकको उछालसंगै ऐतिहासिक बिन्दुमा पुग्यो परिसूचक, नेपाल दुरसंचार कम्पनीको सर्वाधिक कारोबार !

Artha Sarokar

१७ मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज नेप्से २१ सय नजिक पुगेको छ । मंगलबारको तुलनामा बजार ७०.६२ अंकले बढेर २०७१.०२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २०१ कम्पनीको १ करोड ५५ लाख ६४ हजार ४ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोड ३४ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल दुरसंचार कम्पनीको भएको छ । यस कम्पनीको कुल ४० करोड ७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंकको भएको छ । कारोबारमा आएका समूहमध्ये आज व्यापार समूह मात्र घटेको छ । अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै मिथिला लघुवित्त, साञ्जेन जलविधुत, जनउत्थान लघुवित्तलगायतका लगानीकर्ताहरुले कमाएका छन् । साथै युनिलिभर नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी