×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : दूध बेचेर जीविकोपार्जन गर्दै पोखराका एक वृद्ध, तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै लमहीकी सरिता

  •  अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले पोखरा महानगरपालिका– ७ शहीद चोकस्थित साइकलमा दूध लिएर बिक्रीका लागि बजारतर्फ जाँदै गरेको स्थानीय बासिन्दादेखि तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेकी दाङको लमही नगरपालिका–५ स्थित धरमपुर निवासी सरिता चौधरीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
पोखरा महानगरपालिका– ७ शहीद चोकस्थित साइकलमा दूध लिएर बिक्रीका लागि बजारतर्फ जाँदै स्थानीय बासिन्दा ।  
दाङको लमही नगरपालिका–५ स्थित धरमपुर निवासी सरिता चौधरीले गरेको व्यावसायिक तरकारी खेती । चौधरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्नुभएको छ । 
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–१ स्थित सहुवाटिकरमा झरही नदी नियन्त्रणका लागि लुम्बिनी प्रदेश सरकारको लगानीमा तटबन्ध गरिँदै ।
ढुङ्गा बालुवाको अवैध उत्खनन्का कारण दाङको तुलसीपुरस्थित गहिरिँदै गरेको पातुखोला ।
नेपालमा विना अनुमति औषधि भित्र्याउने क्रममा पक्राउ परेका आठ जनालाई बुधबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ । 
निःशुल्क वितरण गर्न डिभिजन वन कार्यालय तनहुँमा उत्पादित बिरुवा । 
पोखरा महानगरपालिका–५ मालेपाटनस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालयको कफी डेमोन्स्ट्रेसन प्लटको नर्सरीमा हुर्काइएका कफीका बिरुवा । 
बेदकोट नगरपालिका– ५ धर्मपुरमा भूमिहीन परिवारका लागि निर्माण गरिएको सुरक्षित आवास । आठ परिवार भूमिहीन परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको हो । 
जिल्ला अदालत, जिल्ला नापी कार्यालयअगाडि रहेको सडकमा कालोपत्रेको तयारी गरिँदै । पूर्वाधार विकास कार्यालयले विभिन्न सरकारी कार्यालय रहेका सडकमा कालोपत्रेको काम अगाडि बढाएको छ । 
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका– ६ मामांखेस्थित लिम्बु सङ्ग्राहलय । पर्याप्त बजेट र प्रचार–प्रसारको अभावमा उक्त सङ्ग्राहलय ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् । 
ब्रहकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र धनगढीले स्थापना गरेको शान्ति बाल उद्यानभित्र रहेको तपस्या ध्यान पिरामिड । तपस्या ध्यान पिरामिडभित्र यहाँ जोकोही पनि आएर आफ्नो ध्यान केन्द्रित गर्न पाउने व्यवस्था छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: