- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तराई मधेसमा मङ्सिरको दोश्रो सातादेखि बिहान र साँझमा जाडो बढ्न थालेपछि सप्तरीको राजविराज नगरपालिका– ३ स्थित सर्वोदय टोलमा न्यानोका लागि सिरक तयारी गर्दै गरेका कालिगढदेखि बागलुङमा चिया खेती फष्टाउँदै गरेकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तराई मधेसमा मङ्सिरको दोश्रो सातादेखि बिहान र साँझमा जाडो बढ्न थालेपछि सप्तरीको राजविराज नगरपालिका– ३ स्थित सर्वोदय टोलमा न्यानोका लागि सिरक तयारी गर्दै कालिगढ ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा जनकल्याण माध्यामिक विद्यालयले दुई वर्षअघि १० रोपनी जग्गामा लगाएको चिया खेती फष्टाउँदै ।
मकवानपुरको थाहा नगरपालिका–६ वज्रबाराहीमा व्यावसायिक खेतीका लागि तयार पारिएको प्लास्टिक घर । तुषारोका कारण हिउँँदमा तीन महिना खेती नहुने थाहा नगरमा प्लास्टिक घर ९टनेल प्रविधि०को विकासले किसान बाह्रै महिना खेती गर्न थालेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको आयोजना पर्यटन पुनःउत्थान लागि बुधबारदेखि शुरु गरिएको चारदिने स्थलगत भ्रमणमा सहाभागीहरु गण्डकी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँग सामूहिक तस्वीरमा ।
कैलालीको जानकी गाउँपालिकाले निर्माण गरेको कबर्ड हल । गाउँपालिकाको करिब रु दुई करोडको लगानीमा निर्माण शुरु भएको कबर्ड हल निर्माणको अन्तिम चणमा छ । कबर्ड हल निर्माणपछि खेलकुदका गतिविधिलाई थप मद्दत पुग्ने अपेक्षा गएिको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ देखि ३ जोड्ने गरी शुरु गरिएको साइकल लेन निर्माणमा खटिएका श्रमिक । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १५ जना विपन्न श्रमिकलाई रोजगारी दिइएको छ ।
दोलखाको शैलुङ गाउँपालिकाको कार्यालय काटाकुटीमा बुधबार बसेको पालिकाको वार्षिक समीक्षा तथा कोरोना भाइरस रोकथाम स्थानीय समितिको बैठक ।
काठमाडौँको पशुपति क्षेत्रमा दाउराबाट शव जलाउने स्वच्छ वातावरण मैत्री शवदाह गृह । शवदाह गृह एभरेष्ट बैंक लिमिटेडको सहयोगमा निर्माण गरिएको हो ।