×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : च्याउखेतीबाट मनग्य आम्दानी गर्दै एक युवा, अटो चलाएर जीविकोपार्जन गर्दै मकवानपुरकी श्रमिता

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले च्याउखेतीबाट कञ्चनपुरका एक युवाले मनग्य आम्दानी गरेकोदेखि अटो चलाएर जीविकोपार्जन गर्दै गरेकी मकवानपुरकी श्रमितासम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं । 
हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका–१० का युवा उत्पादित च्याउ देखाउँदै । मौसमी रुपमा च्याउखेती गरी यहाँका युवाले राम्रो आम्दानी गर्दै आएका छन् ।   
कोरोना कहरबीच वैदेशिक रोजगारीबाट फर्केपछि अटो किनेर चलाउँदै मकवानपुरको थाहा नगरपालिका–६, बज्रवाराहीकी श्रमिता महर्जन । उहाँ थाहा नगरपालिकामा रहेका करिब डेढ सय अटोमध्ये एक मात्र महिला अटो चालक हुनुहुन्छ । 
कास्कीको मादी गाउँपालिका–११ लम्तरीबाट गोरु खरिद गरी गन्तव्यतर्फ लैजाँदै  सोमलाल न्यौपाने । गोरु  गाउँघरमा खेतबारी जोत्न प्रयोग गरिन्छ । 
कञ्चनपुरको झलारी बजारस्थित पोखरीमा उत्पादित माछा बिक्रीका लागि सफा गर्दै युवा व्यापारी । चिसो बढेपछि माछाको कारोवारमा वृद्धि भएको छ । 
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पर्यटकीयस्थल पुनहिलमा सूर्य अवलोकन गर्न पुगेका पर्यटक र उदाउँदै गरेको सूर्य । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि रोक लगाइएको पर्यटक भ्रमण यही पुस १ गतेदेखि खुला गरिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा गरिएको तरकारीखेती । बरादी व्यावसायिक तरकारी खेतीको पकेट क्षेत्र हो ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ सानालेखमा निर्माण गरिएको टनेलभित्र लटरम्म फलेका गोलभेडा । वडा कार्यालयको आर्थिक सहयोगमा उक्त टनेल निर्माण गरिएको हो । 
बिक्री गर्न प्याजको बिरुवा निकाल्दै बागलुङ नगरपालिका–१ रामरेखाका किसान ।
कोरोना सक्रमितको उपचार गराई राखेको धौलागिरि अस्पताल बागलुङको आइसियु र आइसोलेसनमा रहेका बिरामीको सिसी टिभी फुटेजबाट अवस्था बुझ्दै अस्पतालका डाक्टर ।  
डडेल्धुराको अमरगढी नगरपालिकास्थित उग्रतारा मन्दिरको मुख्य प्रवेशद्वारमा बसेर तस्वीर लिँदै गरेका आन्तरिक पर्यटक । कोरोना भाइरसको सङ्क्रमणका कारण मन्दिरमा थोरै मात्रै पर्यटक पुग्ने गरेका छन । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: